वाग्मती सफाइ महाअभियानको ६९३ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६९३ औं सप्ताहअन्तर्गत मिति २०८३/०५/०६ गते शनिबार बिहान २ घण्टा बालकुमारी पुल आसपास क्षेत्रको नदी र नदी किनारामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु २७ जना,  समितिका कर्मचारीहरु १५ जना  र सरसफाइकर्मी १६ जना सहित जम्मा ५८ जनाको सहभागिता रहेको थियो ।