वाग्मती सफाइ महाअभियानको ६९१ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६९१ औं सप्ताहअन्तर्गत मिति २०८३/०४/२३ गते शनिबार बिहान २ घण्टा कार्यालय पछाडि बागमती फलामे पुलआसपास क्षेत्रको नदी र नदी किनारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब ४ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १५ जना, ईलेक्सर स्कुलबाट स्काउट पोशाकमा ११० जना विद्यार्थी, समितिका कर्मचारीहरु १४ जना  र सरसफाइकर्मी १६ जना सहित जम्मा १५५ जनाको सहभागिता रहेको थियो ।