बल्खु–सुन्दरीघाट क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापन कार्य

अन्य गतिविधि

None

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिद्वारा बल्खु–सुन्दरीघाट क्षेत्रमा रहेका च्याम्बरबाट निस्कने ढल, मलमूत्र तथा अन्य फोहोरजन्य पदार्थको सरसफाइ तथा व्यवस्थापन कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। वाग्मती नदी तथा यसको आसपासको वातावरणलाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले समितिले नियमित रूपमा च्याम्बर सफाइ, ढल निकास व्यवस्थापन तथा फोहोर संकलन कार्यलाई तीव्रता दिएको हो।

यस अभियानअन्तर्गत च्याम्बरमा जम्मा भएका मलमूत्र, प्लास्टिकजन्य फोहोर, लेदो तथा अन्य अवरोधहरू हटाई ढलको सहज प्रवाह सुनिश्चित गरिएको छ। यसबाट वाग्मती नदीमा प्रत्यक्ष रूपमा मिसिने प्रदूषित पदार्थको मात्रा न्यूनीकरण हुनुका साथै नदी तथा आसपासको वातावरणीय स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पुगेको छ।

वाग्मती सभ्यता संरक्षण तथा नदी पुनर्जीवन अभियानलाई थप प्रभावकारी बनाउन समितिले नियमित सरसफाइ, अनुगमन तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

स्वच्छ वाग्मती, स्वस्थ वातावरण र समुन्नत वाग्मती सभ्यता निर्माणका लागि सम्बन्धित सबै सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको छ।