सम्माननीय सभामुख श्री डी.पी. अर्यालज्यू बाट स्थलगत अनुगमन तथा निरीक्षण
आज मिति २०८३ असार १३ गते सम्माननीय सभामुख श्री डी.पी. अर्यालज्यू, यस समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द भाटज्यू, आयोजना प्रमुख मचाकाजी महर्जनज्यू, समितिका पदाधिकारीज्यूहरू तथा सम्बन्धित सरोकारवालाहरूको संयुक्त टोलीद्वारा बल्खुदेखि कीर्तिपुरसम्मको क्षेत्रमा हरियाली प्रवर्द्धन, नदी करिडोर संरक्षण तथा क्षेत्रलाई डुबानमुक्त बनाउने उद्देश्यले सञ्चालन भइरहेका कार्यहरूको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरिएको छ।



