नदी सफाइ तथा ड्रेजिङ कार्य

None

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिद्वारा वर्षायाममा नदीको पानीको बहावलाई सहज तथा सुरक्षित बनाउँदै सम्भावित डुबान र बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ नदी सफाइ तथा ड्रेजिङ कार्य निरन्तर सञ्चालन भइरहेको छ।

हाल मनोहरा दोभानदेखि युएन पार्कसम्मको नदी क्षेत्रमा समितिको एक्जाभेटरमार्फत नदीमा थुप्रिएको माटो, बालुवा तथा लेदो हटाउने, ड्रेजिङ गर्ने र दुवै किनारको झार–झङ्गार सफाइ गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ।