आयोजना प्रमुखज्यूद्वारा दशरथ रंगशाला क्षेत्रमा सञ्चालन भइरहेको अव्यवस्थित बसोबासीहरूको डिजिटल लगत संकलन कार्यको स्थलगत अनुगमन
यस समितिका आयोजना प्रमुखज्यूद्वारा दशरथ रंगशाला क्षेत्रमा सञ्चालन भइरहेको अव्यवस्थित बसोबासीहरूको डिजिटल लगत संकलन कार्यको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरिएको छ। अनुगमनका क्रममा लगत संकलन कार्यको प्रगति, तथ्याङ्कको शुद्धता तथा समग्र कार्यसम्पादनको अवस्थाबारे जानकारी लिइएको थियो। साथै, सम्बन्धित कर्मचारीहरूलाई कार्यलाई थप प्रभावकारी, व्यवस्थित तथा पारदर्शी रूपमा सम्पन्न गर्न आवश्यक निर्देशन प्रदान गर्नुका साथै सञ्चारकर्मीहरूले राखेका जिज्ञासाहरूको समेत जवाफ दिनुभएको थियो।



