वाग्मती नदी किनार क्षेत्रमा वृक्षरोपण कार्यक्रम

अन्य गतिविधि

None

वाग्मती सभ्यता एकीकृत विकास समिति तथा अभियन्ताहरूको संयुक्त आयोजनामा २०७० साल जेठ ५ गतेदेखि प्रारम्भ भएको वाग्मती सरसफाइ महाअभियान आज मिति २०८३ साल जेठ ५ गते १४औँ वर्षमा प्रवेश गरेको अवसरमा बानेश्वर बहुमुखी क्याम्पसको पूर्वपट्टि अवस्थित वाग्मती नदी किनार क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा समितिका आयोजना निर्देशक  श्री मचाकाजी महर्जन लगायत वाग्मती संरक्षण अभियानमा सक्रिय अभियन्ताहरू, स्थानीय सरोकारवालाहरू तथा वातावरण संरक्षणप्रति प्रतिबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत वाग्मती नदी क्षेत्रको हरियाली प्रवर्द्धन, वातावरणीय संरक्षण तथा स्वच्छ र सभ्य वाग्मती निर्माण अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो।