वाग्मती सफाइ महाअभियानको ६९९ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६९९ औं सप्ताहअन्तर्गत मिति २०८३/०६/१७ गते शनिबार बिहान २ घण्टा सिनामंगल भत्केको पहेलो पुल पारीको नदी र नदी किनारामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब १ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १२ जना,  समितिका कर्मचारीहरु ८ जना  र सरसफाइकर्मी १६ जना सहित जम्मा ३६ जनाको सहभागिता रहेको थियो ।