इचङ्गु होल्डिङ सेन्टरमा रहेका १७ जना बालबालिकालाई ट्राउजर ट्रयाक सेट वितरण
अन्य गतिविधिहरू
आयोजना प्रमुखज्यूको नेतृत्वमा काठमाडौं महानगरपालिका–१५, इचङ्गु होल्डिङ सेन्टरमा रहेका १७ जना बालबालिकालाई ट्राउजर ट्रयाक सेट वितरण गरिएको छ। यस कार्यक्रमले आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाहरूलाई शैक्षिक वातावरणमा थप उत्साह र आत्मविश्वासका साथ अध्ययन गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस मानवीय कार्यले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सामाजिक उत्तरदायित्व र बालमैत्री समाज निर्माणतर्फको यो सानो प्रयासले आगामी दिनमा पनि निरन्तरता पाउने अपेक्षा गरिएको छ।


