कार्यकारी समितिको ८१औँ बैठक

अन्य गतिविधिहरू

None

कार्यकारी समितिको ८१औँ बैठकको अवसरमा कार्यकारी समितिका अध्यक्ष डा. आनन्द सिंह भाटज्यू तथा सदस्य–सचिव एवं आयोजना प्रमुख श्री मचाकाजी महर्जनज्यूले नव नियुक्त कार्यकारी समितिका सदस्यज्यूहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।

सो अवसरमा अध्यक्षज्यू तथा सदस्य–सचिव एवं आयोजना प्रमुखज्यूले कार्यालयको समग्र कार्यसम्पादन, समितिका प्रमुख जिम्मेवारी, हाल सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमहरू एवं कार्यालयका विविध गतिविधि र क्रियाकलापका सम्बन्धमा संक्षिप्त जानकारीसहित प्रस्तुतीकरण गर्नुभएको थियो।

उक्त कार्यक्रमले नव नियुक्त सदस्यज्यूहरूलाई समितिको कार्यक्षेत्र, उद्देश्य, गतिविधि तथा आगामी कार्यदिशाबारे आवश्यक जानकारी प्राप्त गर्न महत्वपूर्ण आधार प्रदान गरेको थियो।