इचङ्गु होल्डिङ सेन्टरमा राहत सामग्री वितरण

None

समितिका आयोजना प्रमुख श्री मचाकाजी महर्जनज्यूको नेतृत्वमा इचङ्गु होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गरिरहेका अव्यवस्थित बसोबासी परिवारहरूलाई कम्बल लगायत दैनिक जीवनयापन तथा बसोबासका लागि आवश्यक सामग्री वितरण गरिएको छ।

उक्त वितरण कार्यक्रममा आयोजना उपनिर्देशकज्यू तथा समितिका अन्य कर्मचारीहरूको सक्रिय सहयोग, समन्वय र सहकार्य रहेको थियो।

यस प्रकारको मानवीय सहयोगले विपन्न तथा प्रभावित परिवारहरूको दैनिक जीवनयापनमा राहत पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्वप्रति समितिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।