national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

वाग्मती सफाइ महाअभियानको ६७४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६७४ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६७४ औं सप्ताहअन्तर्गत मिति २०८२/१२/२८ गते शनिबार बिहान २ घण्टा मनोहरा दोभान पुल आसपासको नदी तथा नदी किनार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब १३ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिका  तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु ११ जना, स्थानीय जनप्रतिनिधि २ जना,  समितिका कर्मचारीहरु १६ जना र सरसफाइकर्मी १६ जना गरी जम्मा ४५ जनाको सहभागिता रहेको थियो ।