NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलाथ्व पञ्चमी - ५

वाग्मती सफाइ महाअभियानको ६७१ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६७१ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६७१ औं सप्ताहको कार्यक्रम मिति २०८२/१२/०७ गते शनिबारका दिन बिहान २ घण्टा सिनामंगल भत्केको पुल पूर्वपट्टी क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा,  समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १३ जना, समितिका कर्मचारीहरु १६ जना, सरसफाईकर्मी १६ जना,  सहित जम्मा ४५ जनाको सहभागीता रहेको थियो ।