वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१
वाग्मती सफाइ महाअभियानको ६६० औं सप्ताहको कार्यक्रम मिति २०८२/०९/१९ गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल, प्रहरी विट अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ गरी कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा, स्थानीय जनप्रतिनिधिज्यूहरु, समितिका पदाधिकारी ज्यूहरु, वागमती अभियन्ताहरु २९ जना, विदेशीहरु ६ जना, समितिका कर्मचारीहरु १६ जना, सरसफाईकर्मी १६ जना, सहित जम्मा ६७ जनाको सहभागीता रहेको थियो ।


