NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलागा अष्टमी - २३

वाग्मती सफाइ महाअभियानको ६३८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६३८ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६३८ औं सप्ताहको कार्यक्रम मिति २०८२/०४/१७ गते शनिबारका दिन बिहान २ घण्टा सिनामंगल भत्केको पहेलो पुल, आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर कार्यालयद्वारा काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुख श्री प्रकाश अर्यालज्यू, शाखा अधिकृत श्री नेत्रमणि न्यौपानेज्यू, इन्जिनियर सरहरु लगायत समितिका कर्मचारी  ३८ जना, वागमती अभियन्ता  १० जना, सरसफाईकर्मी १७ जना सहित जम्मा ६५ जनाको सहभागीता रहेको थियो ।

वाग्मती सरसफाई अवसरमा नदि किनारा मा २५ वटा जति विभिन्न प्रजातिको वोट विरुवा वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो ।