महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

वाग्मती सफाइ महाअभियानको ६२० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६२० औं सप्ताह सम्पन्न

बागमती सफाइ महाअभियानको ६२० औं सप्ताहको कार्यक्रम मिति २०८१/१२/१६ गते शनिबारका दिन बिहान २ घण्टा गुह्येश्वरी मन्दिर आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब २ मेट्रिक टन फोहोर  काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा कर्मचारीहरु २३ जना, सरसफाईकर्मी १७ जना र अभियन्ता १, जना सहित जम्मा ४१ जनाको सहभागीता रहेको थियो ।