Photo Gallery

वाग्मती सफाइ महाअभियानको २४३ औं सप्ताह
बाग्मती सफाइको २४३ औँ हप्तामा शनिबार कोटेश्वर महादेवस्थान बाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा बाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहनुभएका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका लगायतको संस्थागत सहभागिता रहेको थियो । सो अवसरमा घरदैलो जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको थियो ।